अफगानिस्तानमा मुसलधारे वर्षा र बाढीका कारण २१ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ श्रावण २९, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन २९, काठमाण्डौ । अफगानिस्तानमा भारी वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको ज्यान गएको छ । लोगार, वार्दाक र खोस्त प्रान्तमा परेको मुसलधारे वर्षा र बाढीका कारण उनीहरुको ज्यान गएको हो ।

ती क्षेत्रमा सयौँ घाइते भएका समाचार संस्था बख्तरले जनाएको छ । बाढीका कारण देशको पूर्वी र मध्य क्षेत्रमा रहेका तीन प्रान्तका गाउँ र बस्ती प्रभावित भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस