तीन साता लामो उपचारपछि निर्मलाका बुवा अस्पतालबाट ‘डिस्चार्ज’

पौष १, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बुवा यज्ञराज पन्त त्रिवि शिक्षण अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन्। तीन साता लामो उपचारपछि अस्पतालले उनलाई आज ‘डिस्चार्ज’ गरेको हो।

यज्ञराजको उपचारमा संलग्न डा सरोजप्रसाद ओझाका अनुसार उनी पूर्णरुपमा निको भएपछि ‘डिस्चार्ज’ गरिएको हो।

छोरीको हत्यारा पत्ता लगाई कारबाहीको माग राख्दै अनसन बसेका यज्ञराजको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौं ल्याइएको थियो। उनको मानसिक स्वास्थ्यमा समस्या देखिएको भन्दै कञ्चनपुरबाट मंसिर ८ गते शिक्षण अस्पतालमा ‘रेफर’ गरिएको थियो। अस्पतालमा उनी मंसिर ९ गते भर्ना भएका थिए।

डा ओझाका अनुसार यज्ञराजमा मानसिक तनाब बढी देखिएको र थाइराइडको समस्या थियो। अस्पतालमा उनको मानसिक र मेडिसिन विभागका चिकित्सकले उपचार गरेको उनले जानकारी दिए।

संम्बन्धित समचार

Leave a Reply