राजनीतिक दल र आयोगका सबै गतिविधि निर्वाचन केन्द्रित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ श्रावण २९, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन २९, काठमाण्डौ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन घोषणासँगै राजनीतिक दलले आआफ्ना सबै गतिविधि चुनाव केन्द्रित तुल्याउँदै लगेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आगामी मङ्सिर ४ गते एकै चरणमा गर्ने घोषणासँगै दलका सबै गतिविधि निर्वाचन केन्द्रित बन्न पुगेका हुन् ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा डिला संग्रौलालाले राजनीतिक दलले आआफ्ना बैठक, भेला, प्रशिक्षणलगायतका सबै गतिविधि निर्वाचन केन्द्रित तुल्याउँदै लगेको प्रतिक्रिया दिइन् । उनले भनिन्, “निर्वाचन केन्द्रित बैठक र भेला सुरु भएका छन्, अब उम्मेदवार सिफारिसको क्रम चलेसँगै थप चुनावी माहोल बन्नेछ, केही समयमै चुनावी जागरण अभियान चल्छ ।”

ताजा अपडेट

खोजी गर्नुहोस