नेविसंघ पूर्वाञ्चल विश्वविद्यालय समितिद्वारा आन्दोलनको चेतावनी

साउन २९, काठमाण्डौ । नेपाल विद्यार्थी संघ पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय समन्वय समितिले पूर्वाञ्चल विश्वविद्यालय भित्रका समस्या समाधान र बेथिती अन्त्य गर्न ४८ घन्टे अल्टिमेटम दिदै आन्दोलनको चेतावनी दिएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर समितिले सशक्त आन्दोलन गर्ने चेतावनी दिएको हो । नेविसंघले विद्यार्थीको आन्दोलनले पु¥याएको क्षतिको जवाफदेही विश्वविद्यालय हुनुपर्ने जनाएको छ ।

इन्जिनियर, मेडिकल तथा अप्लाइडेड साइन्स लगायत अरु संकायहरुको बार्षिक र सेमेस्टर प्रणालीमा मौका परीक्षाको व्यवस्था गर्नु पर्ने, परिक्षा नियमावली २०७० संशोधन तथा परिमार्जन गरि तत्काल कार्यन्यावन गरिनु पर्ने, चक्रवति हवि कलेजमा गरिएको चर्को मुल्यवृद्धि तत्काल फिर्ता गरि आवश्यक छानबिन गरिनुपर्ने लगायतका १५ वटामा नेविसंघले अघि सारेको छ ।

संम्बन्धित समचार

Leave a Reply