बञ्चरेडाँडामा फोहोर बोकेका गाडी आजपनि रोकिए !

Post Thumbnail

साउन ३०,काठमाडौँ । काठमाण्डौबाट फोहर बोकेर बञ्चरेडाँडा ल्याण्डफिल साइट जाँदै गरेका गाडीलाई राजनीतिक दलका स्थानीय प्रतिनिधिहरुले बाटोमै रोकेका छन् ।

हिजो फोहर थुपार्न नदिने घोषणा गरेका सत्तारुढ तीन दलका स्थानीय नेताहरुले आज फोहरका गाडी रोकेका हुन् ।

आज फोहर लिएर ल्याण्डफिल्ड साइट जाँदै गरेका गाडीहरु बाटोमै रोकिएका काठमाण्डौ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । राजनीतिक दलहरुको अवरोधका कारण आज बिहान काठमाण्डौबाट गएका कुनै पनि गाडीले फोहर खसाल्न पाएका छैनन् ।

हिजो गएका २५ वडा गाडीले मात्र फोहर खसालेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस