उपत्यकाको मौसम घमाइलो, आउँदो तीन दिनसम्म ठूलो पानी पर्ने सम्भावना कम

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ श्रावण ३०, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन ३०,काठमाडौँ । अहिले काठमाण्डौ उपत्यकाको मौसम घमाइलो भएको छ । बिहानैदेखि मौसम खुलेर घमाइलो भएको हो ।

काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा पनि घाम लागेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । प्रदेश(१ र मधेस प्रदेशका केही ठाउँमा सामान्यदेखि मध्यम बदली भएको छ भने बाँकी ठाउँको मौसम खुलेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका भने धेरैजसो ठाउँमा बदली भएर केही ठाउँमा सामान्यदेखि मध्यम खालको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको र बाँकी प्रदेशका केही ठाउँमा सामान्य बदली हुने महाशाखाले जनाएको छ । भरे राति भने पूर्वी क्षेत्रका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको छ ।

आउँदो तीन दिनसम्म ठूलो पानी पर्ने सम्भावना भने कम रहेको मौसमविद् अधिकारीले बताए । मनसुनको न्यून चापीय रेखा औसतभन्दा दक्षिणतर्फ रहेकोले ठूलो पानी पर्ने सम्भावना नरहेको हो।

ताजा अपडेट

खोजी गर्नुहोस