नेपालमा थप ८ सय ८८ जनामा कोरोना संक्रमण, एकको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ श्रावण ३०, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन ३०, काठमाण्डौ । मुलुकभर बितेको चौबिस घन्टामा ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ५ हजार ७३७ जनामा परीक्षण गर्दा ८८८ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्य ३ हजार १५५ नमुनाको पीसीआर परीक्षण गर्दा ४२७ जना र २ हजार ५८२ जनामा एनटीजेन परीक्षण गर्दा ४६१ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ४७४ जना संक्रमणमुक्त हुँदा १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या पीसीआरतर्फ ९ लाख ९३ हजार ४५९ र एन्टीजेनतर्फ १ लाख ४७ हजार ३७३ पुगेको छ । त्यस्तै निको हुनेको संख्या ९ लाख ७६ हजार ८३ पुगेको छ । हालसम्म ११ हजार ९८९ संक्रमितको मृत्यु भएको छ। मन्त्रालयका अनुसार सोमबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ३८७ पुगेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस