भारतको ७६ औं स्वतन्त्रता दिवसको उत्सव

साउन ३०,काठमाडौँ । भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक उपलब्धिलाई सम्झना गर्न भारत सरकारले सन् २०२१ मार्चमा अघि सारेको आजादीका अमृत महोत्सवकै एक हिस्साको रुपमा रहेको छ ।
दूतावासका काउन्सिलर श्री प्रसन्न श्रीवास्तवले झण्डोत्तोलन गरेसँगै कार्यक्रमको शुभारम्भ भएको थियो ।

तत्पश्चात उनले भारतका माननीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले स्वतन्त्रता दिवसको अवसरमा देशको नाममा गर्नुभएको सम्बोधन पढेर सुनाए । भारतको स्वतन्त्रताको खातिर हाम्रा स्वतन्त्र सेनानीहरुले गरेको बलिदानको सम्झना गर्दै राष्ट्रपति मुर्मूले भारतले हासिल गरेको उपलब्धिहरुको चर्चा गरे । भारतका राष्ट्रवादी कवि कुवेम्पुलाई उदृत गर्दै उनले मातृभूमि र भारतीय नागरिकको उत्थानका लागि भारतका युवालाई पूर्ण रुपमा समर्पित भई अघि बढ्न आह्वान गरे ।

कार्यक्रममा दूतावासले भारतीय सशस्त्र बलका दिवंगत सैनिकका श्रीमती र निकटतम नातेदारहरुलाई नेरु २.६५ करोड प्रदान गरी सम्मान गर्यो ।
दूतावासले आजादीका अमृत महोत्सव हाजिरीजवाफ प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गर्यो । देश बाहिर रहेका भारतीय युवा र विदेशी नागरिकलाई भारतबारे जानकारी थाहा पाउन प्ररित गर्ने उद्देश्यले भारत सरकार विदेश मन्त्रालयले सो हाजिरीजवाफको आयोजना गरेको थियो ।
कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका शिक्षक तथा विद्यार्थीले देशभक्ति गीत लगायतका प्रस्तुति प्रस्तुत गरे । दूतावासको फेसबुक पेजमार्फत कार्यक्रमको प्रत्यक्ष प्रसारण गरियो ।

संम्बन्धित समचार

Leave a Reply