‘भर्चुअल मुद्राको कारोबार गर्नु गैरकानुनी हो’ : राष्ट्र बैंक

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ श्रावण ३१, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन ३१,काठमाडौँ । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी, बिटक्वाइन, नेटवर्क मार्केटिङ्ग, हाइपर फण्डलगायतको कारोबार नगर्न चेतावनी दिएको छ ।

राष्ट्र बैंकले सूचना निकालेर नेपालमा कुनै पनि प्रकारका भर्चुअल मुद्राको कारोबार गर्नु गैरकानुनी रहेको पुनः स्मरण गराएको छ । क्रिप्टोकरेन्सी डिजिटल वा भर्चुअल अर्थात कुनै भौतिक अस्तित्व नभएको मुद्रा हो। यसअघि पनि राष्ट्र बैंकले सूचना निकालेर पटक पटक सचेत गराएको थियो ।

नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सीलगायतले कानुनी मान्यता नपाएको, कारोबार वैध नभएको र कुनै पनि सुरक्षण नभएको राष्ट्र बैंकले जनाएको छ । यस्तो कारोबार जोखिम भएकाले कारोबार नगर्न पनि राष्ट्र बैंकले अनुरोध गरेको छ ।

नेपालभित्र बसोबास गर्ने नागरिक, फर्म, कम्पनी, सङ्घसंस्था र नेपालबाहिर बसोबास गर्ने नेपाली नागरिक तथा नेपालमा दर्ता भइ नेपाल बाहिर रहेका फर्म, कम्पनी, संस्था तथा शाखा कार्यालयले यस्ता अवैध कारोबार गरेको पाइएमा कानुनी कारबाही हुने राष्ट्र बैंकले चेतावनी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस