तीन सडकलाई चार करोड बजेट

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ पौष १, आईतबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

पौष १, गलकोट । बागलुङ जिल्लाका तीन रणनीतिक सडक स्तरोन्नतिका लागि सङ्घीय सरकारले रु चार करोड बजेट विनियोजन गरेको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको सिफारिसका आधारमा अर्थ मन्त्रालयले बजेट विनियोजन गरेको हो । जिल्ला सदरमुकामलाई दक्षिण क्षेत्रसँग जोड्ने बागलुङ कुश्मीशेरा, बरेङ शान्तिपुर सडकको लागि दुई करोड रुपैयाँ बजेट विनियोजन भएकोे क्षेत्र नं १ का सांसद डा सूर्य पाठकले बताए ।

काठेखोला गाउँपालिकाको बिहुँ अछेतेदेखि म्याग्दीको सिमसम्मको सडकका लागि एक करोड रुपैयाँ र बागलुङ, चापाखर्क, बरेङ सडकखण्डको लागि एक करोड रुपैयाँ विनियोजन भएको अर्थ मन्त्रालयले जनाएको छ । तीनवटै सडकको स्तरोन्नतिका लागि विनियोजन भएको बजेटलाई तत्काल कार्यान्वयनमा ल्याउन पहल थालिएको प्रतिनिधिसभा सदस्य पाठकले जानकारी दिए।

एउटा क्षेत्रमा दुई बाटोमा रकम विनियोजन हुँदै आए पनि जनताको मागअनुसार तीन वटा सडकमा रकम छुट्याइएको बताइएको छ । तीनवटै सडक सर्वसाधारणको प्रत्यक्ष जनजीविकासँग जोडिएका सडक भएकाले बहुवर्षे योजना बनाएर स्तरोन्नतिको काम थाल्ने पाठकले बताए।

जिल्लाको क्षेत्र नं १ मा पर्ने तिनै सडकको स्तरोन्नतिको लागि अर्थ मन्त्रालयले छुट्याएको बजेटको विषयमा जानकारी आएको भए पनि क्षेत्र नं २ का रणनीतिक सडकको विषयमा भने कुनै जानकारी बाहिर आएको छैन । रासस

ताजा अपडेट

खोजी गर्नुहोस