कमल थापा ट्वीटरमा लेख्छन्-‘बालेनलाई असफल बनाउने काम गर्नु गलत’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ श्रावण ३१, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन ३१, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई असफल बनाउने काम गर्न नहुने बताएका छन् । राजनीतिक दलहरु र शाहबीच काठमाडौं फोहोर व्यवस्थापनलाई लिएर आरोप प्रत्यारोप चलिरहेका बेला थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘काठमाडौंका मेयर बालेन शाह केही गरौँ भन्ने सोच भएका व्यक्ति हुनुहुन्छ । फोहोरमैला व्यवस्थापन उहाँको ठूलो चुनौती हो । त्यसबारे उनले एकवर्ष भित्र दीर्घकालिन समाधान खोज्नुपर्छ । त्यतिञ्जेल विगतमा झै सबैले हरसम्भव सहयोग गर्नुपर्छ । फोहोरमा राजनीति गर्ने र बालेनलाई असफल बनाउने काम गर्नु हुँदैन,’ थापाले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस