धादिङ गल्छीमा टेलरले जीपलाई ठक्कर दिँदा दुईको मृत्यु !

Post Thumbnail

साउन ३१, काठमाण्डौ । धादिङको गल्छी गाउँपालिका–६ चरौदी पुलस्थित मार्बल बोकेको टेलर र जीप ठक्कर खाँदा दुईजनाको मृत्यु भएको छ ।

चितवनबाट काठमाडौँ जाँदै गरेको भारतीय नंको मार्बल बोकेको टेलरले आज बागमती प्रदेश–०१–०२५च ७८७२ नंको जीपलाई ठक्कर दिँदा जीपमा सवार दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक रमेश थापाले जानकारी दिए । मृत्यु हुनेमा धादिङको ज्वालामुखी गाउँपालिका–१ का ३० वर्षीय ज्ञानबहादुर नेपाली र सोही स्थानका २५ वर्षीय राजेन्द्र तामाङ रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस