स्कर्टिङ गरेर फोहोरको गाडी बन्चरेडाँडामा, एक जना पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ भाद्र १, बुधबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

भाद्र १, काठमाडौं । स्थानीयको विरोधको बाबजुत पनि प्रहरीले स्कर्टिङ गरेर फोहोरको गाडी बन्चरेडाँडामा लैजाने खोजेपछि झडप भएको छ । फोहोरको गाडी बञ्चरेडाँडामा पुगेसँगै स्थानीय र प्रहरीबीच झडप भएको हो । सो क्रममा प्रहरीले स्थानीय दिपेश कार्कीलाई नियन्त्रणमा लिएको अर्का स्थानीय दीलिप लामाले बताए ।

धुनवेशी नगरपालिका-१ का वडाध्यक्ष मानबहादुर तामाङका अनुसार प्रहरीले बल प्रयोग गरेर जबरजस्ती फोहोर बन्चरेडाँडामा खसाल्न थालेपछि स्थानीयले विरोध गरेका थिए । सो क्रममा प्रहरीले झडप भएको उनको भनाइ छ । प्रहरीले दमन गर्न खोजेपछि स्थानीयबासीहरुले डाँडामा चढेर डुँगा हान्न थालेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस