सेयर बजार निरन्तर ओरालोतिर, कारोबार रकम १ अर्ब !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ भाद्र १, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र १, काठमाडौ । सेयर कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । यसदिन नेप्से ०.३६ अंकले घटेर २०४०.७० विन्दुमा पुगेको छ ।

सेन्सेटिभ इण्डेक्स भने ०.२८ प्रतिशतले बढेको छ । कारोबारमा आएका १३ समूहमध्ये ७ को सूचक बढ्यो भने ६ को घट्यो। यसदिन डेभलपमेन्ट बैंक, हाइड्रो पावर, फाइनान्स, नन लाइफ इन्स्योरेन्स, मनु एन्ड प्रो, माइक्रो फाइनान्स र म्युचुल फन्डको सूचक बढेको हो । मंगलबारको तुलनामा आज सेयर कारोबार घटेको छ।

यसदिन २२२० कम्पनीको ३४ लाख ९७ हजार ८८१ कित्ता सेयर १ अर्ब ४० करोड ५९ लाख ७४ हजार २५६ रुपैयाँमा खरिदबिक्री भयो । मंगलबार २ अर्ब ७३ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो । स्वेत गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनको १० प्रतिशत, अपर हेवाखोला हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको ९.९९ प्रतिशत, सपोर्ट लघुवित्त वित्तीय र अपर सोलु हाइड्रो इलेक्ट्रिकको ९.९८ प्रतिशतले सेयर मूल्य बढेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस