शुभ लक्ष्मी कोषको इकाईमा आवेदन दिने आज अन्तिम दिन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ भाद्र २, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र २, काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित शुभ लक्ष्मी कोषले साउन १९ गतेदेखि निष्कासन गरेको ५ करोड इकाईमा आवेदन दिने बिहीवार अन्तिम दिन रहेको छ ।

कोषले निष्कासन गरेको कुल ५ करोड इकाईमध्ये ७५ लाख इकाई कोष प्रवद्र्धक लक्ष्मी बैंकलाई सुरक्षित गरिएकोे छ भने बाँकी न्यूनतम ४ करोड २५ लाख इकाईमध्ये पहिलो चरणमा १ करोड ७५ लाख इकाई सर्वसाधारणलाई विक्री गर्न लागिएको हो । उक्त इकाईमा इच्छुक लगानीकर्ताले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १०० इकाईदेखि ५० लाख इकाईसम्म आज बैकिङ समयसम्म आवेदन दिन सक्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस