पार्टीमा व्यक्तिवादी, आत्मकेन्द्रित र स्वार्थीपन देखियो: अध्यक्ष प्रचण्ड

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ भाद्र २, बिहिबार (१ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

भाद्र २,काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी पहिलेको जस्तो नरहेको बताएका छन् ।

बिहान पार्टी कार्यालय पेरिसडाँडामा आयोजित रामवृक्ष यादवको २८औँ स्मृति दिवसलाई सम्बोधन गर्दै उनले पछिल्लो समय व्यक्तिवादी, आत्मकेन्द्रित र स्वार्थीपन पार्टीमा देखिएको बताएका हुन् । अहिले क्रान्ति, परिवर्तन, समाज, राष्ट्रको निम्ति प्रतिस्पर्धा गर्नेतिर नभइ आफ्नै निम्ति कसरी गर्ने भन्नेतिर बढी केन्द्रित हुने गरेको उनको भनाइ छ ।

उनले सामूहिक भावनाद्वारा अघि बढ्नेभन्दा स्वार्थ समूह बनाउनेतिर पार्टी अघि बढेको भन्दै गुनासोसमेत गरे । पार्टीका नेताहरुको बोली क्रान्तिकारी भए पनि व्यवहार, आचरण र दैनिकीमा त्यो नरहेको प्रचण्डको आरोप छ । पार्टीमा भनाइ र गराइमा धेरै ठूलो अन्तर देखा परिसकेको भन्दै अन्तरविरोधलाई हल गर्ने आवश्यकता रहेकोमा जोड दिए ।

अध्यक्ष प्रचण्डले अबका दिनमा पनि माओवादी पार्टी नै क्रान्तिकारी बन्ने सम्भावना भएको दाबी पनि गरे । त्यसका लागि सिद्धान्त र व्यवहारलाई एक ठाउँमा ल्याएर अघि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस