‘बुलबुल’ टिजरमा, ट्राफिक चपेटामा स्वस्तिमा [भिडियो]

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७५ पौष १, आईतबार (६ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

पौष १, काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का अभिनित फिल्म ‘बुलबुल’को टिजर सार्वजनिक भएको छ। टिजरमा उनी टेम्पो चालकको भूमिकामा देखिएकी छन्।

उनीसँगै नवकलाकार मुकुन भुसाल पनि टिजरमा अटाएका छन्। स्वस्तिमा ट्राफिक कारबाहीमा परेको संकेत टिजरमा देख्न सकिन्छ छ।

फिल्म निर्माण युनिटले उक्त संकेतका आधारमा पात्रको चरित्र चित्रण गर्ने प्रयास गरेको बुझ्न सकिन्छ।

फागुन ३ गतेदेखि प्रदर्शनमा आउने फिल्मलाई विनोद पौडेलले निर्देशन गरेका हुन्। फिल्ममा स्वस्तिमा र मुकुनसँगै बुद्धि तामाङ, दीपक क्षेत्रीलगायतको अभिनय छ।

ताजा अपडेट

खोजी गर्नुहोस