महिला क्रिकेट टोलीको प्रशिक्षण बुधबारबाट

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ पौष १, आईतबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

पौष १, काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको प्रशिक्षण आगामी बुधबारबाट सुरु हुने भएको छ ।

२८ गतेबाट थाइल्याण्डमा हुने ट्वान्टी–२० क्रिकेट प्रतियोगिताका लागि ढिलोगरी महिला टोलीको प्रशिक्षण सुरु हुन लागेको हो । तयारी सुरु गर्न खेलाडीले बारम्बार आग्रह गर्दापनि प्रतियोगिता आउनु २३ दिनअघिबाट तयारी सुरु गर्न लागिएको छ ।

छोटो समयको तयारीपछि महिला टोली थाइल्यान्ड प्रस्थान गर्नेछ ।

थाइल्याण्ड क्रिकेट एशोसिसनको आयोजनामा हुन लागेको ट्वान्टी–२० क्रिकेटपछि महिला टोलीले थाइल्यान्डमै चैत ६ गतेबाट हुने आइसीसी महिला विश्वकप छनोटमा सहभागिता जनाउनेछ ।

ट्वान्टी –२० क्रिकेटमा नेपालले पहिलो खेल पुष २८ गते तान्जीनिया, ३० गते नामबिया,माघ २ गते इन्डोनेशिया,माघ ३ गते कुबेतसँग प्रतिस्पर्धा गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस