नेपालमा सञ्चालित एमसीसी परियोजना अमेरिकाविरोधी देशका ठेकेदारले ठेक्का नपाउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ भाद्र २, बिहिबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र २, काठमाण्डौ । नेपालमा सञ्चालित मिलेनियम च्यालेञ्ज कर्पोरेसनअन्तर्गतको परियोजनामा अमेरिकाविरोधी देशका ठेकेदार कम्पनीले ठेक्का नपाउने भएका छन् । अमेरिकाको विरोध गर्ने इरान, उत्तर कोरिया, भेनेजुयलालगायतका देशहरूका कम्पनीले ठेक्काका लागि प्रतिस्पर्धामा सहभागी हुन नपाउने भएका हुन् ।

एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टका अनुसार एमसीसीले तयार गरेको मापदण्डअनुसार निश्चित देशहरूले प्रतिस्पर्धामा भाग लिन पाउँदैनन् । ती देशका ठेकेदारले नेपालमा सञ्चालन हुन लागेका ऊर्जा र सडक अन्तर्गतका परियोजनामा ठेक्कामा प्रतिस्पर्धा गर्न नपाउने भएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस