जिम्बाब्वेविरुद्धको पहिलो एकदिवसीयमा भारत १० विकेटले विजयी

भाद्र ३, काठमाण्डौ । जिम्बाब्वेविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा भारत १० विकेटले विजयी भएको छ । बिहीबार सम्पन्न खेलमा जिम्बाब्वेले दिएको १९० रनको लक्ष्य भारतले ३०।५ ओभरमा बिनाविकेटको क्षतिमा पूरा गर्‍यो । उसका लागि शुभमन गिल र शिखर धवनले उत्कृष्ट ब्याटिङ गरे ।

७२ बलको सामना गरको गिलले १० चौका र एक छक्कासहित अविजित ८२ रन बनाए । धवनले ११३ बलमा ९ चौकासहित नटआउट ८१ रन बनाए । त्यसअघि हरारे स्पोर्ट्स क्रिकेट क्लबमा टस हारेर पहिला ब्याटिङ गर्ने मौका पाएको जिम्बाब्वेले ४०.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८९ रन बनायो ।

संम्बन्धित समचार

Leave a Reply