पश्चिम सेती र सेती नदी-६ परियोजना भारतीय कम्पनीलाई दिने समझदारी

भाद्र ३, काठमाण्डौ । भारतीय कम्पनी एनएचपीसी लिमिटेड इन्डियाले ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४५० मेगावाटको सेती नदी एसआर ६ जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र पाएको छ ।

बिहीबार होटल सोल्टीमा भएको विशेष कार्यक्रममा पश्चिम सेती परियोजना भारतीय कम्पनीलाई दिने गरी समझदारीपत्रमा हस्ताक्षर भएको छ । लगानी बोर्ड नेपालले प्रधानमन्त्री शेरबहादुर देउबाको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर गराएको हो । २३ साउन बोर्डले समझदारीपत्रको मस्यौदा स्वीकृत गरेको थियो ।

संम्बन्धित समचार

Leave a Reply