आरती बस्नेतको पुस्तक ‘रेड ब्लड, ब्लु ब्लड एण्ड रोयल हार्ट’ सार्वजनिक

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७५ पौष १, आईतबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पौष १, काठमाडौं । आरती बस्नेतको पहिलो पुस्तक ‘रेड ब्लड, ब्लु ब्लड एण्ड रोयल हार्ट’ सार्वजनिक भएको छ ।

हालै काठमाडौंमा आयोजित एक कार्यक्रममा आध्यात्मिक गुरू स्वामी आनन्द अरूण तथा अग्रज कलाकार नीर शाहले सो पुस्तक सार्वजनिक गरेका हुन् ।

पुस्तकमा नेपालको राजपरिवारको सदस्यको सत्य कथा र लेखिकाको आध्यात्मिक यात्राको बारेमा लेखिएको छ । पुस्तकमा राजपरिवारसँग लेखिकाको सम्बन्ध र लगाव, विशेषगरी स्वर्गीय अधिराजकुमारी प्रेक्षा शाह र ‘इनर्जी हिलर’ बन्ने उनको यात्राका बारेमा वर्णन गरिएको छ ।

लेखिका बस्नेतले पुस्तक आफनै जिन्दगीको कथा भएको बताइन् । २५ वर्षे बस्नेत इनर्जी हिलर हुन् । उनी रेकी, प्राणिक, क्रिस्टल, कलर, फिजिक, साउन्ड हिलिङ र साधना, अरोमाथेरापी, मन्त्र हिलिङजस्ता विभिन्न निको पार्ने विधिहरूमार्फत् मानिसहरूको रोग निदान गर्छिन् । अंग्रेजीमा लेखिएको पुस्तक भारतको खराग आर्य पब्लिसिङ हाउसले प्रकाशन गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस