आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ भाद्र ३, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र ३, काठमाण्डौ । सुनको भाउ शुक्रबार पनि प्रतितोला ४०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भााउ ४०० रुपैयाँले घटेर ९५ हजार ५०० रुपैयाँ कायम भएको छ । सुनको भाउ लगातार पाँचौं दिन घटेको हो। यसैगरी, शुक्रबार तेजावी सुनको मूल्य तोलाको ९५ हजार रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, बिहीबार छापावाल सुन तोलाको ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९५ हजार ४०० रुपैयाँ निर्धारण भएको थियो । यता, शुक्रबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर ११ सय ८५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला ११ सय ९५ रुपैयाँ रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस