हेटौंडामा देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु भेला हुँदै

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ भाद्र ३, शुक्रबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र ३, हेटौंडा । बाग्मती प्रदेशको राजधानी हेटौंडामा देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु भेला हुने भएको छ। रोट्रयाक्ट डिष्ट्रिक ३२९२ ले हरेक वर्ष गर्ने अध्यक्ष र सचिवहरुको भेला यो वर्ष हेटौंडामा गर्न लागेको हो।भदौ २५ गते शनिबार एक सय ७६ वटा रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरुको भेला कार्यक्रम हुने भएको छ ।

आयोजक रोट्रयाक्ट क्लब अफ हेटौंडा, रोट्रयाक्ट क्लब अफ मकवानपुर र स-आयोजकमा रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२को जोन ३,रोट्रयाक्ट क्लब अफ बुटवल साउथ र रोट्रयाक्ट क्लब अफ पोखराको सयुक्त आयोजनामा देशभरीका १७६ वटा क्लबहरुका अध्यक्ष, सचिव र सदस्यहरुको भेला आयोजना हुन लागेको हो ।

रोट्रयाक्ट मकवानपुरका अध्यक्ष प्रदिप कुमार राईले मकवानपुरमा पहिलो पटक देशभरको अध्यक्ष र सचिवहरुको भेला हुन लागेको बताए। उनले देशभरका करिब १ हजार जना भन्दा बढीको सहभागिता रहने भेलाले वर्षभरमा गरिएको कार्यको समिक्षा र भावि कार्य योजना बारेमा बृहत क्षलफल र निष्कर्स निकाल्ने बताए।

भेलामा देशभरको १ सय ७६ रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु र भारत लागएत विभिन्न बाहिरी देशहरुका प्रतिनिधिको पनि सहभागिता रहने आयोजकले जनाएको छ। दिनभर चल्ने भेलामा चार घण्टासम्म तालिम सत्र संचालनमा रहने छ भने क्लबका अध्यक्ष र सचिवकोलागि छुटै प्रशिक्षण दिने छ।

ताजा अपडेट

खोजी गर्नुहोस