माछापुच्छ्रे बैंकद्वारा नेपाल नाई संघलाई क्युआर कोड हस्तान्तरण

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ भाद्र ३, शुक्रबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र ३, काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल नाई संघलाई क्युआर कोड हस्तान्तरण गरेको छ । अहिले देशभर तीन लाख भन्दा धेरै सैलुनहरु रहेका छन् । सबै व्यवसायीहरुले ग्राहकहरुसँग प्रविधिमैत्री कारोबार गरुन् भन्ने बैंकको अपेक्षा छ ।

विहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नाई संघका अध्यक्ष राजाराम ठाकुरलाई बैंकका प्रमुख डिजिटल बैकिङ अधिकारी माधव सुवेदीले क्युआर हस्तान्तरण गरेका हुन् । बैंक वित्तीय संस्थाले प्रविधि मैत्री कारोबार सुरु गरेसँगै डिजिटल नेपाल अभियानले समेत व्यपकता पाउँदै गएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस