वेस्ट इन्डिजसँगको दोस्रो एकदिवसीय क्रिकेटमा न्युजिल्यान्ड विजयी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ भाद्र ४, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र ४, काठमाण्डौ । घरेलु टोली वेस्ट इन्डिजसँगको दोस्रो एकदिवसीय क्रिकेटमा न्युजिल्यान्ड विजयी भएको छ । ब्रिजटाउनमा आज बिहान सकिएको खेलमा न्युजिल्यान्ड ५० रनले विजयी भएसँगै तीन खेलको शृङ्खलामा एक–एकको बराबरी भएको छ ।

न्युजिल्यान्डले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ३५ ओभर ३ बलमा १ सय ६१ रनमा अलआउट भयो । उसका याननिची कारियहले ५२ रनको अर्धशतकीय पारी खेलेपछि टोलीलाई जिताउन सकेनन् ।

ताजा अपडेट

खोजी गर्नुहोस