लघुवित्तले दिएको ३ लाख रुपैयाँ तिर्न नसक्दा घरमा ताला, एक महिलाद्धारा ‘आत्महत्या’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ भाद्र ४, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र ४, काठमाण्डौ । लघुवित्तबाट लिएको ऋण समय मै तिर्न नसकि लघुवित्तले घरमा ताला लगाइदिँदा कैलाली जिल्ला गौरीगंगा न।पा १ कि ३७ बर्षिय एक महिलाले आत्महत्या गरेकिछन् । युनिक नेपाल लघुवित्तबाट लिएको ऋण समयमै तिर्न नसक्दा लघुवित्तले घरमा ताला लगाएपछि ३७ बर्षिय रेश्मा चौधरीले आत्महत्या गरेकी हुन् ।

रेश्माले लघुवित्तबाट तिनलाख रुपैयाँ कर्जा लिएकी थिइन् उनले उक्त कर्जाको ६ किस्ता तिरि पनि सकेकी थिएन् तर परिवारमा आर्थिक समस्या आएपछि उनले पछिल्लो तिन किस्ताको रकम भने तिर्न सकेकी थिइनन् । तिन किस्ताको मात्र पैसा तिर्न बाँकि रहेकाले लघुवित्तले घरमा ताला लगाएको थियो ।

समय मै ऋण तिर्न नसकेपछि भदौ बिहान ९ बजे रेश्माको घरमा आएर ताला लगाइदिएका लघुवित्तका कर्मचारीहरुले बेलुका ७ बजेमात्र ताला खोलिदिएका थिए । लघुवित्तले घरमा ताला लगाइदिएपनि दिँउसै देखि रेश्मा तनावमा थिइन् ।

रेश्मा का श्रीमान् समेत अहिले घरमा छैन् । उनि ज्याला मजदुरी गरेर घर खर्च चलाउने भएकाले घर भन्दा बाहिरै रहेको स्थानियले बताए । सयममा ऋण भुत्तानी गर्न नसक्दा समूह मार्फत पनि उनिलाई दवाब परेको थियो । लघुवित्तमा समूहको कुनै एक सदस्यले कर्जा र त्यसको ब्याज तिर्न नसकेमा उक्त व्यक्तिको सम्पुर्ण कर्जा र ब्याज समूहका बाँकि सदस्यहरुले दामासाही ढंगले तिर्नुपर्ने बाध्यकारी व्यबस्था रहेका कारण पनि समूहबाट उनिमाथी थप दवाब आएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस