रसुवामा ३ दिने बृहत निःशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर सम्पन्न

Post Thumbnail

पौष १, रसुवा । जनता बैंक नेपाल लिमिटेडको आयोजनामा रसुवाको दुई स्थानमा ३ दिने बृहत निःशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर सम्पन्न भएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वमा ग्रामिण स्वास्थ्यलाई प्राथमिकतामा राखी देशको विभिन्न क्षेत्रमा विशेष गरी स्त्री तथा प्रसूति रोग सम्बन्धि र आँखा उपचारको लागि निःशुल्क स्वास्थ्य शिविरहरु संचालन गर्ने क्रममा जिल्लाको नौकुण्ड गाउँपालिकामा यहि २०७५ मंशिर २५ गते स्त्री तथा प्रसूति रोग, छाला सम्बन्धि रोग र सामान्य स्वास्थ्य परिक्षण गरेको थियो ।

त्यस्तै मंशिर २५, २६ र २७ गते आँखा परिक्षण तथा मोतिबिन्दुको शल्यक्रिया गरिएको थियो । त्यस्तै जिल्लाकै कालिका गाँउपालिकामा मंशिर २६ गते स्त्री तथा प्रसूति रोग, छाला सम्बन्धि रोग र सामान्य स्वास्थ्य परिक्षण गरिएको थियो ।

उक्त क्षेत्रकाविपन्नजनताहरुको स्वास्थ्यअवस्थालाई मध्यनजर गरी स्वास्थ्यशिविर संचालन गरिएको हो ।

नेपाल नेत्र ज्योती संघ अन्तर्गत भरतपुर आँखाअस्पताल र अल्का अस्पताल जावलाखेलको प्राविधिक सहयोगमा उक्त स्वास्थ्यशिविर सम्पन्न गरिएको बैंकले जनाएको छ ।

नौकुण्ड स्वास्थ्य शिविरको उद्घाटन रसुवा जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश नं. ३ का सांसदहरु प्रभातलामा र प्रेमलामाले संयुक्त रुपमा गरेका थिए ।

उक्त स्वास्थ्यशिविरहरुमा कूल ८४६ जनाको बृहत स्वास्थ्य परिक्षण गरिएको थियो जस मध्ये ५४ जनाको शिविर स्थलमै मोतिबिन्दुको शल्यक्रिया गरिएको थियो ।

बिरामीहरुलाई आबश्यकऔषधी र चश्मा निःशुल्कवितरण गरिएको थियो । स्त्री रोग सम्बन्धि उपचारको लागि लक्षित गरिएको शिविरमा पाठेघरको अपरेशन गर्नुपर्ने गरि पहिचान भएका विरामीहरुलाई अपरेशनको लागि अस्पतालमा रिफर गरिएको छ ।

बैंकबाट उक्त रिफर भएका महिलाहरुको निःशुल्क अपरेशन गर्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस