चुनावपछि सत्ता गठबन्धन कायम रहने कुनै ग्यारेन्टी छ ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ भाद्र ४, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र ४, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावपछि सत्तारुढ गठबन्धन एक ठाउँमा रहने के ग्यारेन्टी छ भनी प्रश्न गरेका छन् । कांग्रेसको प्रदेशसभा क्षेत्रीय सम्मेलनमा उनले अहिले तालमेल गरेर सत्ता गठबन्धनमा रहेका दललाई मत मागे पनि चुनावपछि पनि गठबन्धन कायम रहने ग्यारेन्टी नभएको बताए ।

‘हामी तालमेल गरेर चुनावमा भोट त मागौंला तर चुनाव भएको ६ महिनामा एउटा एकातिर अर्को अर्कोतिर हिँड्दैन भन्ने के ग्यारेन्टी छ ?’ उनले प्रश्न गरे । २०७४ सालको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले वाम गठबन्धन गरेर पार्टी एकीकरण नै गरे पनि पछि अलग भएको स्मरण गर्दै उनले यो चुनावपछि पनि त्यस्तै हुन सक्ने बताएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस