सी जीनपिङ र भ्लादिमिर पुटिन जी–२० सम्मेलनमा सहभागी हुने

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ भाद्र ४, शनिबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

भाद्र ३,काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जीनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आउँदो नोभेम्बरमा हुने जी–२० सम्मेलनमा सहभागी हुने भएमका छन्।

दुवै जना राष्ट्रपति बालीमा हुने जी–२० सम्मेलनमा सहभागी हुने तयारीमा रहेका इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलले पुष्टि गरेका हुन् ।

रुसले गएको फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेयता र ताइवानलाई लिएर तनाव उत्कर्षमा पुगेका बेला हुन लागेको यो पहिलो विश्वव्यापी सम्मेलन हो ।

यसअघि अमेरिका र उसका पश्चिमी सहयोगी देशले पुटिन सहभागी हुने मञ्चलाई आफूहरूले बहिस्कार गर्नसक्ने बताएका थिए ।

बेलायतले पुटिनलाई जी–२० समूहमा बस्ने कुनै नैतिक अधिकार नभएको जनाएको बीबीसीले उल्लेख गरेको छ । यस्तै अमेरिका र चीनबीच पनि ताइवान विषयलाई लिएर तनाव बढिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस