काङ्ग्रेस नेता प्रदीप गिरिलाई भेट्न राष्ट्रपति भण्डारी मेडिसिटी अस्पतालमा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ भाद्र ४, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र ४, काठमाडौ । काङ्ग्रेस नेता प्रदीप गिरिलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारी मेडिसिटी अस्पताल पुगेकी छिन्। नेता गिरिको स्वास्थ्य अवस्था क्रिटिकल अवस्थामा पुगेको बताइएको छ। गिरिलाई भेट्न राष्ट्रपति भण्डारी शनिवार मेडिसिटी पुगेकी हुन्।

ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत गिरिको अवस्थाको क्रिटिकल रहेको निकट स्रोतले जानकारी दिएको छ। भारतमा लामो समय उपचार गरेपछि गिरिलाई करिब तीन सातादेखि मेडिसिटीमा राखेर उपचार गरिँदै आएको छ। भारतमा गिरिको क्यान्सरको उपचार भएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस