खेमराज गुरूङ ट्रष्ट गर्‍यो गायकद्वय श्रेष्ठ र ढुङ्गानालाई सम्मान

भाद्र ३,काठमाडौँ । अमर स्रष्टा खेमराज गुरुङको स्मृतिमा स्थापना गरिएको खेमराज गुरुङ ट्रष्टले यस वर्षको स्रष्टा सम्मान वरिष्ठ संगीतकर्मी दीप श्रेष्ठलाई प्रदान गरेको छ । २०२५ साल पुस ३ गते रेडियो नेपालमा ‘म पत्थरको देवता होइन’ बोलको गीत रेकर्ड गरेर औपचारिक रूपमा गीतरसंगीतको क्षेत्रमा पदार्पण गर्नुभएका श्रेष्ठको पाँच सयभन्दा बढी गीत रेकर्ड भएका छन् ।

लोकप्रिय टेलिभिजन गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को जजसमेत भइसकेका श्रेष्ठलाई ट्रष्टले ५० हजार रुपैयाँको राशीसहित सम्मान–पत्र प्रदान गरेको हो । यसअघि यस्तो सम्मान वरिष्ठ गीतकार रत्नसम्शेर थापा ९२०७४०, वरिष्ठ संगीतकार प्रकाश गुरुङ ९२०७५०, वरिष्ठ जनपक्षीय गायक रामेश ९२०७६० लाई प्रदान गरिएको थियो ।

यसैगरी ट्रष्टले प्रतिभा पुरस्कार गायक भविन ढुङ्गानालाई प्रदान गरेको छ । नेपाल टेलिभिजनबाट प्रशारण भएको गायन रियालिटी शो ‘नेपाली तारा’को पहिलो सिजनको उत्कृष्ठ चारमा पर्न सफल ढुङ्गाना पछिल्लो समय लोकप्रिय टेलिभिजन गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को कोच दीप श्रेष्ठको संगीत सल्लाहकार थिए । दर्जनौँ गीतका स्वर र संगीत भरेका ढुङ्गाना त्रिभुवन विश्वविद्यालय ललितकला क्याम्पसका संगीत शिक्षकसमेत हुन् । प्रतिभा पुरस्कारको राशी भने २० हजार रुपैयाँ रहेको छ । यसअघि यस्तो पुरस्कार मेलिना राई ९२०७४०, ओमप्रकाश राई ९२०७५० र सुसन लामा ९२०७६०लाई प्रदान गरिएको थियो ।

२०७७ र २०७८ सालको सम्मान तथा पुरस्कार वितरण कार्यक्रम भने कोभिड–१९ महामारीका कारण स्थगित गरिएको ट्रष्टका अध्यक्ष जीवन गुरूङले बताउनुभयो । खेमराज गुरुङ ट्रष्ट नेपाली गीत, संगीत, कला, साहित्य र संस्कृतिको श्रीवृद्धिका लागि विभिन्न गतिविधि सञ्चालन गर्ने, नयाँ प्रतिभालाई पुरस्कृत गर्दै हौसला प्रदान गर्ने तथा अग्रज स्रष्टालाई सम्मान गर्नेलगायतका उद्देश्य राखेर २०७४ सालमा स्थापना गरिएको हो ।

पूर्वी पहाडी जिल्ला संखुवासभामा जन्मिएका स्वर्गीय गायक गुरूङको ‘वारि जमुना, पारि जमुना’ आलु तामाले लगायत दर्जनौँ गीत लोकप्रिय छन् । लोकप्रिय गायक खेमराज गुरुङको २०७३ साल भदौमा कृष्ण जन्माष्टमीको दिन निधन भएको थियो ।

संम्बन्धित समचार

Leave a Reply