कब्जामा रहेको युक्रेनको परमाणु ऊर्जा केन्द्र अवलोकनका लागि रुसले स्वीकृति दिने

भाद्र ३,काठमाडौँ । रुसले आफ्नो कब्जामा रहेको युक्रेनको परमाणु ऊर्जा केन्द्र अवलोकनका लागि स्वीकृति दिने भएको छ । रुस–युक्रेनबीच निरन्तर आक्रमणका घटना भइरहेका बेला जापोरिज्जिया परमाणु केन्द्रमा हुन सक्ने सम्भावित विपद्लाई लिएर चासो र चिन्ता बढिरहेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त राष्ट्र सङ्घका अधिकारीलाई यो परमाणु केन्द्रको भ्रमणका लागि स्वीकृति दिने बताएका छन् ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोबीच भएको वार्तापछि पुटिनले अवलोकनका लागि स्वीकृति दिने बताएको बीबीसीले जनाएको छ ।

रुसले केन्द्रबाट उत्पादित विद्युत् युक्रेनी ग्रिडबाट अलग गर्ने तयारी गरेको युक्रेनले आरोप लगाउँदै आएको छ ।

यसअघि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले केन्द्रको अवस्थालाई लिएर सार्वजनिक रुपमै चिन्ता व्यक्त गरेका थिए । साथै उनले विद्युत् आपूर्ति बन्द नगर्न आग्रह समेत गरेका थिए ।

संम्बन्धित समचार

Leave a Reply