प्रचण्डद्धारा पार्टीमा २१ सदस्यीय पदाधिकारी रहने प्रस्ताव पेस

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ भाद्र ४, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र ४, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा २१ सदस्यीय पदाधिकारी रहने प्रस्ताव पेस गरेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटीको बैठकमा उनले सो प्रस्ताव पेस गरेका हुन् ।

जसका अध्यक्षसहित, एक वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने एक नेताले बताए । प्रचण्डले बैठकमा पदाधिकारीमा रहने नेताहरूको नाम पनि प्रस्ताव गरेको बताइएको छ । नेताहरुको वरिष्ठता अनुसार पदमा व्यवस्थापन गर्ने गरी प्रचण्डले प्रस्ताव पेस गरेका छन् । बैठकमा प्रचण्डको प्रस्तावमाथि छलफल भइरहेको स्रोतले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस