कांग्रेसद्धारा निर्वाचनलाई लक्षित गरी भदौ १० देखि २४ सम्म चुनावी अभियान घोषणा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ भाद्र ४, शनिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र ४, काठमाण्डौ । सत्तारुढ नेपाली कांग्रेसले ४ मंसिरको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी भदौ १० देखि २४ सम्म चुनावी अभियान घोषणा गरेको छ । ‘जनताको साथमा कांग्रेस’ नामको उक्त अभियानका ७७ जिल्लामा नै केन्द्रीय प्रतिनिधि खटाउने र केन्द्रीय प्रतिनिधिका लागि आइतबार अभिमुखीकरण कार्यक्रम राखेको छ ।

केन्द्रीय प्रतिनिधिले जिल्लामा गई जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति प्रतिनिधि लगायतको बैठक बोलाउने शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस