राष्ट्रपति भण्डारीसमक्ष ब्राजिल र कोरियाका नेपाली राजदूतद्वारा शपथ ग्रहण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ भाद्र ५, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र ५, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गणतन्त्र ब्राजिल र गणतन्त्र कोरियाका लागि नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपतिको कार्यालयमा आइतबार एक समारोहका बीच उहाँहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार गणतन्त्र ब्राजिलका लागि निर्मलराज काफ्ले र गणतन्त्र कोरियाका लागि प्रा।डा। ज्योति प्याकुरेल भण्डारीले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे । सो अवसरमा नेपाल सरकारका उच्चपदस्थ कर्मचारीको समेत सहभागिता रहेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस