जापानका प्रधानमन्त्री किशिदालाई कोरोना संक्रमण

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ भाद्र ६, सोमबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

भाद्र ६, काठमाण्डौ । जापानका प्रधानमन्त्री फुमिओ किशिदालाई कोभिड–१९ संक्रमण भएको छ । प्रधानमन्त्री किसिदा प्रधानमन्त्रीको आवासीय निवासमा एकान्तमा रहेको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।

एक साता लामो बिदापछि प्रधानमन्त्री काममा फर्किरहेका बेला उनलाई कोभिड भएको हो । खोकी र ज्वरो महसुस गरेपछि उनले आईतबार बिहान पीसीआर परीक्षण गरेका थिए । जापानले कोरोनाभाइरस संक्रमणमा रेकर्ड दरमा वृद्धि भएको छ । विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको देश जापान पनि कोभिडबाट प्रभावित छ ।

ताजा अपडेट

खोजी गर्नुहोस