सरकारसँग सहमतिपछि निहारिका राजपुतको अनशन तोडियो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ भाद्र ६, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र ६, काठमाण्डौ । सरकारसँग सहमति भएपछि निहारिका राजपुतले अनशन तोडेकी छिन् । १७ दिनदेखि काठमाण्डौमा अनशन बसिरहनुभएकी महोत्तरी जलेश्वरकी निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहले हिजो बेलुकी अनशन तोडेकी छिन् ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइरालाको उपस्थितिमा काठमाण्डौका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालसँग भएको सहमतिपत्रमा उच्च अदालत जनकपुरमा विचाराधीन मुद्दाको डीएनए परीक्षण गर्न अदालतसमक्ष जाहेरवालाका तर्फबाट सरकारी वकिलले माग गर्ने र डीएनए परीक्षणलाई विश्वसनीय बनाउन अदालतसमक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्ने उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस