आज पनि बिहानैदेखि चर्को घाम, काठमाण्डौ उपत्यकासहित देशभर गर्मी !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ भाद्र ६, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र ६, काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशभर गर्मी बढेको छ । पानी नपर्दा गर्मी बढेको हो । अझै एकरदुई दिन पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्न सक्ने मौसमविद्ले बताएका छन् ।

काठमाण्डौसहित देशका धेरै ठाउँमा बिहानैदेखि घाम चर्केको छ । दिउँसोको समयमा हिजोको जस्तै अझै गर्मी बढ्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिए । हिजो काठमाण्डौको अधिकतम तापक्रम ३० दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ ।

यस्तै, धनगढीको अधिकतम तापक्रम ३५ दशमलव ६ डिग्री सेल्सियस, भैरहवा, नेपालगञ्ज र दीपायलको अधिकतम तापक्रम ३४ दशमलव ५, जनकपुरको ३४ डिग्री सेल्सियस र सिमराको ३३ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ । मनसुनी न्यून चापीय रेखा नेपाल नजिक नरहेकाले केही दिनयता राम्ररी पानी पर्न सकेको छैन ।

 

ताजा अपडेट

खोजी गर्नुहोस