काठमाण्डौमा थुप्रिएको फोहर भोलिसम्ममा उठाइने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ भाद्र ६, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र ६, काठमाण्डौ ‍। काठमाण्डौ महानगरपालिकाले काठमाण्डौ उपत्यकाका सडकको छेउछाउमा थुपारेर राखिएको फोहर धमाधम उठाउन थालेको छ । बञ्चरेडाँडामा फोहर विसर्जन गर्न कुनै अवरोध नभए पछि थुप्रिएका फोहर धमाधाम उठाउन थालिएको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिए ।

उनका अनुसार उपत्यकाका सडकमा थुप्रिएका फोहर उठाउन महानगरले नेपाल रेडक्रस सोसाइटी काठमाण्डौ शाखासँग सहकार्य गरेको छ ।

अहिले काठमाण्डौको कमलादीमा क्षेत्रका सडकमा थुपारेर राखेका फोहर हटाइँदैछ । यस्तै, आजै कमलपोखरी क्षेत्रका फोहर पनि सङ्कलन गरिनेछ । भोलि छुटेका ठाउँहरुको अनुगमन गरी फोहर उठाइने उहाँले बताए । महानगरपालिकाले अहिले कुहिने र नकुहिने फोहरलाई सडकबाट नछुट्याइ उठाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस