भाद्र,धुनिवेशी । धादिङ समाज जापान,धुनिबेशी नगरपालिका र गैरआवाशीय नेपाली संघ जापनको सहयोगमा धुनिबेशी नगरपालिकामा आईतबारबाट ९ख० वर्गको सुविधा युक्त एम्बुलेन्स सुचारु भएको छ ।
धादिङबाट जापान गईबसोबास गरेका र देशका अन्य विभिन्न भू–भागबाट जापानमा रहेका नेपाली नागरिकहरुको करिब १० लाख सहयोग र धुनिबेशी नगरपालिकाको करिब ९ लाख गरी कुल १९ लाख लागतमा खरिद गरिएको एम्बुलेन्स एक कार्यक्रका बीच गैरआवाशीय नेपाली संघ अन्तरद्धिप समन्वय परिषदका पूर्व अध्यक्ष तथा सिन्ज्ञोसिन रोटरी क्लब अफ टोकियोका रोटरीयन भवन भट्टले धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन् ।
एम्बुलेन्स हस्तानतरण कार्यक्रममा बोल्नु हुँदै पृर्व अध्यक्ष भट्टले आगामी दिनमा समेत विभिन्न किसिमका सहयोग गर्ने बताएका छन् । उनले जापानका विभिन्न क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले आफ्नो जन्मभूमिका लागि सकेको सहयोग गर्ने उद्देश्यका साथ खोलिएका संघ संस्थाको भूमिका नेपाली नागरिकहरुलाई सुख दुःखमा सहयोग गर्नु रहेको समेत बताए ।
त्यसै कार्यक्रममा बोल्नु हुँदै धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले धादिङ समाज जापान र गैरआवाशीय नेपाली संघ जापान, सिन्ज्ञोसिन रोटरी क्लब अफ टोकियोले गरेको सहयोगको लागि धन्यवाद सहित प्रशँसा गर्नु भएको छ । मेयर आचार्यले आगामी दिनमा समेत विभिन्न किसिमका सहयोग गर्न जापानमा रहेका गैर आवासिय नेपालीहरुलाई आग्रह गर्नु भएको छ ।