सत्तारुढ गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँटका बिषयमा छलफल हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ भाद्र ६, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र ६, काठमाण्डौ । सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ३ बजे गठबन्धनको बैठक बस्न लागेको एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँँट गर्न गठित कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले आफ्नो कार्यभार पूरा गर्न नसकेपछि नेतृत्वलाई नै जिम्मेवारी सुम्पिएको छ ।

जसकारण सोमबार गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्न लागेको हो । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँट गरेर चुनावमा होमिने तयारी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस