काठमाण्डौ,धादिङसहित देशका अधिकांश स्थानमा भारी बर्षा !

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ भाद्र ७, मंगलबार (१ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

भाद्र ७, काठमाण्डौ । दिनभरी चर्केको घाममा साझ केहि शितल महसुस भएको छ । अहिले देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । देशको पूर्वी र मध्य क्षेत्रमा अहिले पानी परिरहेको मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए ।

उनका अनुसार पछिल्लो एक घण्टामा इलामको कन्याम, नुवाकोटको ककनी, सिन्धुलीको केही ठाउँ, दाङको नयाँ बस्ती, म्याग्दीको गुर्जाखानीलगायतका ठाउँमा ठूलो पानी परेको छ । अरू ठाउँमा सामान्यदेखि मध्यम खालको पानी परिरहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस