सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक छलफलमा सीमित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ भाद्र ७, मंगलबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र ७,काठमाडौँ । सिट बाँडफाँटबारे छलफल गर्न बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक छलफलमा सीमित भएको छ ।

मंगलबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकमा शीर्ष नेताहरुका साथै कार्यदलका सदस्यहरु पनि सहभागी थिए । कोरोना परीक्षण गर्न गएकाले कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला भने अनुपस्थित थिए ।

कार्यदलमा कुनै सहमति नभएको र संयोजक पनि अनुपस्थित भएकाले मंगलबारको बैठक छलफलमा सीमित भएको एक नेताले बताए । उनले भने, ‘छिटो टुंग्याऊँ भन्ने छ, तर यसरी टुंग्याऊँ भन्ने कसैको प्रस्ताव छैन । भोलि फेरि बैठक बस्ने सहमति भएको छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस