भाद्र ९, काठमाण्डौ । युक्रेनको रेलवे स्टेसनमा रुसले प्रहार गरेको रकेटका कारण कम्तीमा २२ जनाको मृत्यु भएको छ। युक्रेनका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रकाशित गरेको खबर अनुसार रुसले आक्रमण सुरु गरेको छैटौँ महिना पुग्दाको दिन ठूलो संख्यामा ज्यान जाने गरी आक्रमण भएको हो।
युक्रेनको पूर्वी सहर चाप्लिनमा रहेको रेलवे स्टेसनमा रुसले रकेट आक्रमण गरेको हो। आक्रमणमा मृत्यु भएकामध्ये पाँचजना रेलभित्रै जलेको उल्लेख छ। ११ वर्षका बालक पनि मारिएका छन्।