नेपाल समाजवादीको कार्यकारिणी समितिको बैठकद्धारा ९३ सदस्यीय राजनीतिक समिति गठन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ भाद्र ९, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र ९, काठमाण्डौ । नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले ९३ सदस्यीय राजनीतिक समिति गठन गरेको छ । पार्टी केन्द्रीय समिति अध्यक्ष डा बाबुराम भट्टराईको अध्यक्षतामा केही दिनअघि बसेको बैठकले ९३ सदस्यीय राजनीतिक समिति गठन गरेको छ भने ९८ जनालाई केन्द्रीय समितिमा थप गरिएको छ ।

अध्यक्ष भट्टराईद्वारा जारी विज्ञप्तिका अनुसार बैठकले गोविन्दप्रसाद चौधरीलाई सहअध्यक्षमा मनोनित गरेको छ भने केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा विष्णुहरि शर्मा, विज्ञ परिषद् प्रमुखमा एमपी रिजाल र निर्वाचन आयोग प्रमुखमा कृष्णप्रसाद शर्मालाई जिम्मेवारी तोकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस