लिबियामा राजनीतिक तनाव, झडपमा परी २३ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ भाद्र १२, आईतबार (२ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भाद्र १२, काठमाण्डौ । लिबियामा राजनीतिक विवाद फेरि चुलिएको छ। विवादले हिंसाको रुप लिएको छ । पछिल्लो पटक राजधानी त्रिपोलीमा झडपमा कम्तीमा २३ जनाको मृत्यु भएको छ। घटनामा कयौँ मानिस घाइते भएको त्रिपोलीका स्वास्थ्यमन्त्रीले बताएका छन् । अधिकारीहरुका अनुसार झडपमा त्यहाँका एक युवा हाँस्य कलाकार मस्तफा बराकाको पनि मृत्यु भएको छ ।

लिबियामा सन् २०११ मा कर्नेल मुअम्मर गद्धाफीको अन्त्यसँगै केही समय राजनीतिक अस्थिरता भए पनि पछिल्ला वर्षहरुमा देश शान्त थियो। तर, पछिल्लो समय अन्तर्राष्ट्रिय मान्यता पाएको सरकारको सुरक्षा बल र स्वघोषित सरकारका सुरक्षा बलबीच झडपका घटना हुन थालेका छन् । राजधानी त्रिपोली लगायत कयौँ ठाउँमा पछिल्लो पटक घरेलुसहित स–साना हतियार बोकेका मिलिसियाहरु देखिन थालेको र ठाउँ ठाउँमा विस्फोट हुन थालेको जनाइएको छ । यो घटनापछि संयुक्त राष्ट्र संघले युद्ध बिराम गर्न दुवै पक्षलाई आग्रह गरेको छ। राष्ट्र संघले वार्ताको माध्यमबाट समाधान खोज्न र हिंसा रोक्न दुवै पक्षलाई आग्रह गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस