सुनचाँदीको भाउ घट्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ भाद्र १२, आईतबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

भाद्र १२काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७०० र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ३०० रुपैयाँ थियो । जुन, आज ७०० रुपैयाँ प्रति तोलाले घटेको महासंघले जानकारी दिएको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार १०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ६०० रुपैयाँ छ । गत साताको शुक्रबार सुनको मूल्य स्थिर कायम भएको थियो । यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको महासंघले जनाएको छ । गत साताको शुक्रबार तोलामा ११ सय ७५ रुपैयाँ रहेको चाँदीको मूल्य आज तोलामा ११ सय ६० रुपैयाँ कायम छ ।

ताजा अपडेट

खोजी गर्नुहोस