कांग्रेसका पदाधिकारी र राष्ट्रपति भण्डारीसँग छलफल सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ भाद्र १३, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र १३,काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका पदाधिकारी र राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल सुरु भएको छ । सोमबार दिउँसो २ बजेपछि राष्ट्रपतिको कार्यालय शीतल निवासमा कांग्रेस पदाधिकारी र राष्ट्रपति भण्डारीबीच छलफल चलिरहेको छ ।

नागरिकता विधेयका विषयमा छलफल गर्न राष्ट्रपति भण्डारीले प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवालाई बोलाएकी थिइन् । देउवा उपसभापति धनराज गुरुङ महामन्त्री, गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीलाई साथमा लिएर शीतल निवास पुगेका छन् ।

संघीय संसदका दुबै सदनबाट पारित भएर प्रमाणीकरणका शीतल निवास पुगेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले फिर्ता गरिदिएकी थिइन् । संसदका दुबै सदनबाट प्रक्रिया पुर्याएर पुनः राष्ट्रपति समक्ष पठाउने तयारी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस