‘अटोमोबाइल्स क्षेत्रलाई सहज बनाउन जरुरी छ’ : व्यवसायी बतास

आनन्दराज बतास अटोमोबाइल्स् क्षेत्रका व्यवसायी हुन् । बतास अर्गनाइजेशनका अध्यक्षसमेत रहेका बतासले पछिल्लो समय मणिपाल शिक्षण अस्पतालको स्वामित्व लिएका छन् । सकारात्मक सोचका धनि बतास १६ बर्षकै उमेरमा होटल व्यवसायमा लागिसकेका थिए । सामाजिक उद्यमीको चर्चा कमाएका बताससंग हामीले उनको व्यवसाय र पछिल्लो समयको व्यवसायिक वातावरणका विषयमा कुराकानी गरेका छौँ ।

हामीले अहिले नयाँ फिचर भनेको मणिपाल शिक्षण अस्पताल लियौँ । ह्याण्डओभर भैसक्यो । अब स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्नपर्छ, समय दिनपर्छ र प्राथामिकतामा राख्नपर्छ भन्नेमा छौँ । शिक्षा क्षेत्रपछि हाम्रो प्राथामिकता होटल हस्पिटालिटीमै हो । कीनकी म पाखराबाटै प्रतिनिधित्व गर्छु । तर कोरोनाको कारणले गर्दा हामीले होटल क्षेत्रमा लगानी थाती राखेका हौँ । यतिबेला मेरो पहिलो प्राथामिकता हस्पिटल हो । हस्पिटललाई राम्रोसंग सुधार गरेर अगाडी बढाउनुछ । त्यसपछि हस्पिटालिटीमा जाने हो ।

याज बिजनेश म्यान याज अ इटरप्रिनर मलाई नेपालगञ्जको,काठमाडौँको मेडिकल कलेजहरुको अफर नआएको होइन् । मलाई लाग्छ,काठमाडौमा लिएको भए फाइदा राम्रो पाउथे तर मलाई के लाग्यो भने पोखराको मान्छे,पोखरामै मैले केहि गर्न सकेभने म सन्तुष्ट हुन्छु, म मरेभने मेरो मलामी जाने पोखरेली नै हुन् , म पोखरा नै गर्छु भनेर त्यसकारण पनि मैले पोखरा रोजेको हुँ ।

मलाई पाँच बर्ष समय दिनुस्, मणिपाललाई म सफल बनाउछु

अहिले पोखरामा नशा र मुटु सम्बन्धी बिरामीले बेलैमा उपचार नपाएर मर्न परेको अवस्था छ । मैले याज अ सोसल इन्टरपिनर,याज अ पोखरेली याज अ बिजनेशम्यान मणिपाल अस्पताल मैले लिएपछि न्युरो र हर्टका बिरामीहरु काठमाडौँ आउन नपरोस् भन्ने बनाउन सकेभने त्यो मेरो सफलता हुनेछ र त्यो म जसरी नि गर्छु । मलाई पाँच बर्ष समय दिनुस् मणिपाललाई म सफल बनाउछु । पोखराको मान्छेले लिएपछि मैले त्यती गर्न जरुरी छ । हामी मणिपालमा सेवा विस्तार गर्दैछौँ । त्यसको लागि पनि तयारी भैरहेको छ ।

अटोमोबाइल्स क्षेत्रलाई सहज बनाउन जरुरी

हामी अटोमोबाइल्सबाटै ग्रो भएको अर्गनाइजेशन हो । सबडिलरबाट हामीले सुरु गरेको हो । अझैपनि हामी संघर्ष गरिरहेको छौँ । तर अहिले बैँकिङ तरलता अभावका कारण यो व्यवसाय मन्द चलिरहेको छ । तर ग्राहकहरुको व्यापक माग रहेको छ । अहिलेपनि नयाँ–नयाँ प्रविधिका सवारीको खोजी नेपालीहरुले गरिरहनु नै भएको छ । अहिले सरकारको नितिका कारण जिडिपी मै असर पार्छ । आगामी चुनावपछि सरकारले निति परिवर्तन गर्ला । पर्यटकिय क्षेत्रपनि चलायमान भैरहेको छ । त्यो कारणपनि अटोमोबाइल्स क्षेत्रलाई सहज बनाउन जरुरी छ ।

म १६ बर्षको उमेरदेखि होटल चलाएको मान्छे, होटल आनन्दराजबाट चलाउन सुरु गरेको । होटल क्षेत्र ठुलो लगानी गर्नपर्ने क्षेत्र हो । अहिले मैले ठुलो लगानी मणिपालमा गरेको हुनाले होटल क्षेत्रमा मेरो लगानी नभएको हो तर मेरो अन्तिम लक्ष्य चाँही होटल हस्पिटालिटीमै जाने हो ।

संम्बन्धित समचार

Leave a Reply